आज दिउँसो कस्तो रहला मौसम ?

अ +
अ -
बुधबार मुलुकभर दिउँसो साधारणतया मौसम बदली रहनेछ देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कतिपय स्थानमा वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा अन्य भूभागका एक–दुई स्थानमा सट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाको भनाइ छ ।
तपाईँको अभिमत