आज दिउँसो यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सोमबार दिउँसो दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको हो ।
यस्तै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बाँकी भूभागमा भने सामान्य बदली रही मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।
तपाईँको अभिमत