डेंगी संक्रमणबाट ४ जनाको मृत्यु, यो वर्ष डेंगी नदेखिएका २ जिल्ला कुन ?
देशभर डेंगी संक्रमित पुष्टि हुनेको संख्या ६ हजार ८३१ पुगेको छ । गत जनवरीदेखि सेप्टेम्बर २ सम्म ७५ जिल्लामा डेंगी पुष्टि भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले जनाएको छ ।
इडीसीडीका अनुसार हालसम्म डेंगीं संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा डेंगीका बिरामी देखिएका छन् । यस प्रदेशमा डेंगी पुष्टि हुनेको संख्या ३२२९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै ११४९ जनामा डेंगी पुष्टि भएको छ। तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशमा १७२३ मा डेंगी देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगी संक्रमण देखिएको छ ।
अहिलेसम्म डेंगी संक्रमित फेला नपरेका २ जिल्लामा गण्डकीको मुस्ताङ र कर्णालीको हुम्ला जिल्ला रहेका छन् ।
तपाईँको अभिमत