ब्रेन हेमरेज के हो ? तत्काल उपचार नभए जान्छ ज्यान
मस्तिष्कको चोटका कारण ब्रेन हेमरेज हुनेगर्छ । मस्तिष्कमा हुने रक्तश्रावसँग यो सम्बन्धित हुन्छ । ब्रेन हेमरेजलाई विशेषज्ञहरुले आपतकालीन चिकित्साको रुपमा हेरेका छन् । यसमा रोगीलाई तुरुन्त उपचारको आवश्यकता हुन्छ । चिकित्सकका अनुसार हाम्रो मस्तिष्क चारैतर्फबाट खोपडीको संरचनाबाट घेरिएको हुन्छ।
कुनैपनि कारणबाट हुने रक्तश्रावको स्थितिमा मस्तिष्कको एक भागमा संकुचन वा क्षति पुग्न सक्छ । यो अवस्था अत्यन्त खतरनाक हो । यसबाट मानिसको ज्यानै पनि जानसक्छ ।
मस्तिष्कमा रक्तश्राव हुँदा मस्तिष्कका तन्तुहरुको क्षति हुनथाल्छ । यो अवस्थालाई सरेबल एडिमा भनेर नामाकरण गरिएको छ । कयौँ पटक रगतको ढिक्का–ढिक्का बन्न जान्छ । यसलाई हेमेटामा भनिन्छ । यी सबै चिजले तन्तुमा दबाब बनाउँछ । यो स्थितिमा मस्तिष्कमा हुने रक्त प्रवाह कम हुन जान्छ र कोषिका पनि नष्ट हुन जान्छ । मस्तिष्कमा यस्तो प्रभाव परेपछि मानिसको मृत्यु हुनजान्छ ।
यसबाट बच्न टाउकोमा लाग्ने चोटबाट बच्नुपर्ने चिकित्सकले बताएका छन् । दुर्घटनामाबाट बच्ने, दुईपाँग्रे सवारी चलाउँदा, त्यसमा यात्रा गर्दा अनिवार्य हेलमेट लगाउन चिकित्सकको सुझाव छ ।
एक पटक यस्ता समस्या देखिएर उपचार गराइसकेको छ भने फेरि पनि यस्ता समस्या देखिन सक्ने भएकाले विशेष सतर्कता चितित्सकहरुले आग्रह गरेका छन् ।
तपाईँको अभिमत