१८ महिनामा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका उपलब्धी के-के ?

गण्डकी प्रदेशले सोमबार नयाँ मुख्यमन्त्री पाएको छ । नेकपा एमालेका खगराज अधिकारी तेस्रो मुख्य मन्त्री नियुक्त हुनुभएको हो । नयाँ मुख्यमन्त्री आएपछि प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले हालसम्मका उपलब्धीहरू सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले पत्रकार सम्मेलन गरी मन्त्रालयका हालसम्मका उपलब्धीहरू सार्वजनिक गरेकी हुन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आफ्नो कार्यकाल सुरु भएदेखि गत असार मसान्तसम्म ५० वटा महत्वपूर्ण ऐन निर्माण गरिएको जानकारी दिनुभयो ।उहाँले २०७८ असार १३ गते गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो।
‘मैले मन्त्रालय सम्हाल्दा एकातिर कोभिड-१९ को महामारी थियो भने अर्कोतिर नागरिकमा बाढी पहिरोको त्रासदी थियो’ मन्त्री अधिकारीले भन्नुभयो, ‘सीमित स्रोत र साधन, संघीयताको पहिलो अभ्यास गर्दै र सिक्दै जाने परिस्थिति र आवश्यक नीति र कानुनको अभावका बाबजुद यस मन्त्रालयले आफ्नो कार्य क्षेत्रमा ५० वटा महत्वपूर्ण ऐन निर्माण गररी दरिलो जग बसाल्न सफल भएँ।'
कोभिड-१९ विरुद्धको खोपलाई निरन्तरता दिइएको जानकारी उहाँले दिनुभयो। प्रदेश सरकार स्थापनासँगै गण्डकी प्रदेशको समग्र स्वास्थ्य नीति तथा कार्ययोजना निर्माणका लागि मन्त्रिपरिषदबाट निर्णय गरी गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ लागू गरिएको मन्त्री अधिकारीले बताउनुभयो।
आफ्नो कार्यकालमा रगत तथा रगतजन्य पदार्थको निःशुल्क उपलब्धताका लागि कार्यविधि निर्माण गरी लागू गरिएको छ गरिएको जानकारी उहाँले दिनुभयो।
अस्पतालहरूको क्षमता विस्तार गर्दै स्तरोन्नतिका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भएको पनि मन्त्री अधिकारीको भनाइ छ।
नागरिकको व्यक्तिगत खर्च घटाई स्वास्थ्य क्षेत्रमा राज्यको लागानी वृद्धि गर्ने लक्ष्यका साथ स्वास्थ्य बीमा कार्यक्रम लगायतका कार्यक्रमहरू सञ्चालनमा ल्याइएकोले प्रदेशका आम नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने मन्त्री अधिकारीले अपेक्षा गर्नुभयो। अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५ बमोजिम विभिन्न अस्पताल व्यवस्थापन समितिहरू गठन गरिनु पनि एक उपलब्धी रहेको उहाँले बताउनुभयो।
साथै मन्त्री अधिकारीले आफ्नो कार्यकालमा सीमित स्रोत साधन र प्रतिकुल वातावरणमा पनि सम्पूर्ण टिमले ओहोरात्र गरिएको मेहनतले आज यो सफल्ता हासिल भएको भन्दै सहयोग गर्ने कर्मचारी, विभिन्न संघसस्ंथा लगायतलाई धन्यवाद दिनुभयो।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हासिल गरेका हालसम्म उपलब्धीहरू
• प्रदेश स्वास्थ्य नीतिको निर्माण भई कार्यान्वयन गरिएको ।
• प्रदेश जनसंख्या नीति निर्माणको लागि प्रारम्भिक कार्य शुरुवात भएको ।
• गुणस्तरिय एवं प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नको लागि थप १६३ जना जनशक्तिको अस्थायी दरवन्दी स्वीकृत जनशक्तिको व्यवस्थापन गरिएको ।
• कोभिड-१९ कोष मार्फत कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि आवश्यक व्यवस्थापन गरिएको । कोभिड(१९ विरुद्धको खोप प्रदानको अवस्थाः
• १८ बर्ष माथिको पहिलो मात्रा १०६५ पूरा मात्रा ८४५,
• १२ देखि १७ बर्ष सम्मको पहिलो मात्रा ९६५ पूरा मात्रा ८७५ र
• बुस्टर खोप ४८५ प्रदान गरिएको छ ।
• मनाङ जिल्लालाई नेपालकै पहिलो कोभिड – १९ विरुद्धको खोप युक्त जिल्ला घोषणा गरिएको ।
• कोभिड – १९ को संक्रमणलाई ध्यानमा राखि तयारी स्वरुप प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा ८१ वटा आइसोलेसन वेड, ४४ वटा आइसियु वेड, ७४ वटा एचडियु वेड र २९ वटा भेन्टिलेटरको व्यवस्था गरिएको । साथै अक्सिजन प्लान्ट र साविकको जम्मा २०० थान अक्सिजन सिलिन्डरलाई बढाई जम्मा २२१८ थान अक्सिजन सिलिन्डर उपलब्ध रहेको।
• सुत्केरी आमा पोषिलो खाना अन्तर्गत ४५ दिनसम्म सुत्केरी आमालाई दिनको रु. २००।-रकमको व्यवस्था गरिएको ।
• Spinal Injury एवं बौद्धिक अपाङ्गता भएका विरामीहरुको पुनर्स्थापना साथै Injury भएका विरामीहरुलाई Wheelchair, कृतिम हातखुट्टा, Hearing Aid लगायतको सामग्री वितरण ।
• गण्डकी बाल अस्पताल स्थापनाको लागि Detail Project Report निर्माण र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० बेडको मुटु तथा क्यान्सर रोग अस्पताल स्थापनाको लागि Detail Project Report निर्माण ।
• जनयुद्ध तथा जनआन्दोलनका शहिदरवेपत्ता परिवारका सदस्यहरुको लागि प्रदेशस्तरका अस्पतालहरुमा निशुल्क
• उपचारको व्यवस्था ।
• हेमोफिलिया, थालासेमिया, सिकलसेल एनेमिया उपचार गर्ने सम्बन्धित संघ, संस्थालाई अनुदान रकम उपलब्ध गराइएको ।
• प्रदेश सरकारसँग वा/आमा कार्यक्रम सञ्चालन साथै मानव सेवा आश्रम र बृद्धाश्रममा आश्रित दीर्घ रोगी विरामीहरुले नियमित सेवन गर्नुपर्ने औषधी खरिद गरी वितरण गर्ने प्रकृयामा रहेको एवं पोखरा वृद्धाश्रम, कास्कीलाई जेरियाटिक वार्ड सञ्चालन अनुदानस्- पोखरा वृद्धाश्रमसँग जेरियाटिक वार्ड सञ्चालन गर्न सम्झौता भई जेरियाटिक वार्ड सञ्चालन गरिएको ।
• प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन ।
• गोरखा, बेनी, मनाङ र मुस्ताङ अस्पतालमा टेलिमेडिसिन सेवाको शुरुवात भएको ।
• धौलागिरी अस्पतालमा करीव रु. १० करोड लागतको सिटी स्क्यान मेसिनको व्यवस्था ।
• प्रदेश सरकारको प्रतिवद्धताः मर्यादित महिनावारी र स्वच्छता अभियान सञ्चालन ।
• प्रदेश बासी स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि संघ र स्थानीय तहसँग समन्वय र सहकार्यको कार्य थालनि भएको साथै स्थानीय तहबाट सञ्चालित अस्पतालहरुलाई थप प्रभावकारी बनाउन चिकित्सक छात्रवृत्ती० लाई पठाएर गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको ।
• लमजुङ र नवलपुर जिल्लाका अस्पतालहरुमा मातृ प्रतिक्षा गृह स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
• पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मेडिकल पर्यटन नीति अन्तर्गत पथ प्रदर्शकहरु Health Altitude Sickness तालिमको व्यवस्था गरिएको ।
• संक्रामक तथा सरुवा रोग अस्पताललाई Center Of Excellent को रुपमा कार्य योजना बनाई अगाडि बढाइएको ।
• आयुर्वेद, प्राकृतिक तथा अन्य बैकल्पिक चिकित्सा सेवा अन्तर्गतका विभिन्न कार्यक्रमहरु आयुर्वेद कार्यालयहरु मार्फत सञ्चालन हुँदै आएको साथै प्राकृतिक चिकित्सालय, रजहर र विन्दवासिनी प्राकृतिक चिकित्सालयलाई अनुदान उपलब्ध गराइएको ।
• लैंगिक हिंसामा परेका महिला तथा बालबालिकालाई प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुबाट एकद्वार संकट व्यवस्थाप केन्द्र मार्फत स्वास्थ्य सेवा एवं परामर्श सेवा उपलब्ध गराइएको ।
• गोरखाको पालुङटार नगरपालिका अन्तर्गत च्याङ्लीमा प्रसुती अस्पताल स्थापना गर्न सम्भाव्यता अध्ययन शुरुवात गरिएको ।
• स्वास्थ्य तालिम केन्द्रमा अत्याधुनिक तालिम हल निर्माण प्रकृयामा रहेको ।
• मनाङ, मुस्ताङ र संक्रामक तथा सरुवा रोग अस्पतालको भवन निर्माण कार्य निरन्तरता पाई सम्पन्न हुने क्रममा रहेको ।
• कोभिड-१९ बाट मृत्यु भएका परिवारलाई आर्थिक सहायता : कोभिड-१९ बाट मृत्यु भएका १४७८ जनाको परिवारलाई स्वास्थ्य कार्यालयहरु मार्फत रु. ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराइएको ।
• स्वास्थ्य वीमा कार्यक्रमः शहिद, बेपत्ताका परिवार, विभिन्न जनआन्दोलन घाईते, (ख) वर्गका अपाङ्गता भएका व्यक्ति र नियमित डायलाईसिस सेवा लिने मृगौला पिडित ४८४५ परिवारका सदस्यहरुको स्वास्थ्य वीमा गरिएको ।
• रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापनः स्वीकृत कार्यविधि बमोजिम १३,१५८ पिन्ट रगत तथा रगतजन्य सेवा निःशुल्क उपलब्ध गराइएको ।
• गर्भवति तथा सुत्केरी महिलालाई जटिलता ब्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा Air Lifting( जटीलतामा रहेका गर्भवतीलाई हेलिकप्टर (एयर लिफ्टिङ) मार्फत को उद्दार गरिएको (कार्यक्रम संचालन भएपछि हालसम्म ५६ जना जटीलतामा रहेका गर्भवतीलाई उद्दार गरिएको)
• गर्भवती महिला शिशु तथा बालवालिकालाई पूर्ण खोप प्रत्याभुति दिन प्रदेश खोप कोषमा रकम थप निरन्तरता दिइएको । (हालसम्म रु. २ करोड ४५ लाख जम्मा भएको)
• प्रदेशमा एम्बुलेन्स सेवाको एकीकृत रुपमा संचालन:एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न प्रदेश अन्तर्गतका एम्बुलेन्सहरुमा पहिलो चरणमा न्एक् जडान गर्ने कार्य सम्पन्न भएको ।
• महिला तथा १६ बर्ष भन्दा मुनिका बालबालिकाहरुको क्यान्सरको उपचारमा सहयोग कार्यक्रमको शुरुवात गरिएको ।
• स्वास्थ्य स्वयंसेविका भत्ता: ५८३३ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य कार्यालयहरु मार्फत बार्षिक रु। ६ हजार प्रोत्साहन भत्ता उपलब्ध गराइएको ।
• छलिमाया हाइवे अस्पताल भवन निर्माण, कास्की: कार्यक्रम कार्यान्वनको लागि अन्नपूर्ण गाउँपालिका कास्कीमा अख्तियारी पठाई कार्यक्रम कार्यान्वयन भएको ।
• ट्रमा सेन्टरको रुपमा विकास गर्ने (मध्यविन्दु, दमौली, धौलागिरी र भीरकोट नगर अस्पताल) : प्रस्ताव बमोजिम मध्यविन्दु, दमौली, धौलागिरी अस्पताल र भीरकोट नगरपालिकामा अख्तियारी पठाई कार्यक्रम कार्यान्वयन भएको
• पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मृगौला र क्यान्सर रोगको विशिष्टिकृत सेवा संचालनस्( प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत डायलायसिस मेसिन, RO Machine र Cath Lab Accessories खरिद गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको ।
• नसर्ने रोगको स्क्रिनिङ लगायतका कार्य गर्न स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सञ्चालन एवं सञ्चालित प्रयोगशालाहरुको स्तरोन्नती गर्न स्थानिय तहसँग सहकार्यमा कार्य गर्नको लागि रकम विनियोजन भएको ।
• स्वास्थ्य चौकीहरुमा रहेका Birthing Center हरूको सुदृढीकरणका लागि स्थानिय तहसँगको सहकार्यमा कार्य अगाडि बढाइएको ।
• लमजुङ अस्पताल, लमजुङलाई HDCS सँगको सञ्चालन गरिरहेको संस्थासँगको सम्झौता अन्त्य गरी अस्पताल पूर्ण रुपमा प्रदेश सरकार मातहत ल्याई सञ्चालन गरिएको ।
• पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा मृगौला ट्रान्सप्लान्ट केन्द्र स्थापनाको लागि आवश्यक औजार उपकरण खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरिएको ।
• गण्डकी प्रदेशमा दक्ष स्वास्थ्य प्राविधिकको अभाव थियो र अझै कायम छ । उक्त जनशक्तिको अभावलाई तत्काल पूर्ति गर्नका लागि अस्पतालहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गरी सेवालाई निरन्तरता दिइएको छ। मन्त्रालय र लमजुङ अस्पतालको स्थायी संगठन संरचना समेत स्वीकृत गरिएको छ। स्वास्थ्य प्राविधिकका लागि समय सापेक्ष तालिमको समेत व्यवस्था गरिएको छ
तपाईँको अभिमत