६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न १० अर्ब
अ +
अ -
सरकारले ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रकम छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिनुभएको हो ।
५, १० र १५ बेडको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार वजेट विनियोजन गरिएको हो । सरकारले आर्थिक वर्ष २०७९ /८० का लागि स्वास्थ्य क्षेत्रका लागि ६९ अर्ब ३८ करोड रुपैंया विनियोजन गरेको छ । स्वास्थ्यमा प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानिय तहका लागि २६ अर्ब ४४ करोड रुपैया हस्तान्तरण गरिनेछ ।
तपाईँको अभिमत