कोरोनाले आँखामा हानि गर्छ : अध्ययन
अ +
अ -
काठमाडाैं । कोभिड–१९ ले आँखाको समस्या गराउन सक्ने एक अध्ययनले देखाएको छ । हालसालै रेडियोलोजी स्वास्थ्य जर्नलमा प्रकाशित एक अध्ययनअनुसार कोरोनाको गम्भीर लक्षण देदिएकाको आँखामा क्षति पुग्ने देखिएको हो ।
फ्रान्समा कोरोनाका गम्भीर बिरामीको एमआरआई स्क्यान गरी अध्ययन गर्दा यस्तो देखिएको हो । अध्ययनमा १२९ जना कोभिड–१९ का गम्भीर बिरामीको एमआरआई स्क्यान गरिएको थियो । सो अध्ययनमा ९ जनाको आँखामा अस्वभाविक समस्या देखिएको थियो । जसमध्ये ८ जना अस्पताल भर्ना भएका कोभिड–१९ का बिरामी हुन् ।
ती बिरामीमा ‘नोड्युल्स’ भनिने समस्या देखिएको हो । आँखाको पछाडि भागमा गाँठो वा सुन्निने समस्यालाई नोड्युल्स भनिन्छ, जसले आँखालाई सीधै गम्भीर हानि गर्छ ।
तपाईँको अभिमत