कोरोनाबाट थप १० संक्रमितको मृत्यु, संख्या ४११
अ +
अ -
काठमाडौं । नेपालमा २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ४ पुरुष संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा काठमाडौंकी ४० वर्ष, ६० वर्ष, ६३ वर्षकी महिला र ८२ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरकी ७५ वर्ष र भक्तपुरकी ७२ वर्षकी महिलाको मृत्यु भएको छ ।
यस्तै धनुषाका ७६ वर्षका पुरुष, चितवनका ८० वर्षका पुरुष, रुपन्देहीका ६७ वर्षका पुरुष र पाल्पाकी ४० वर्षकी महिलाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।
तपाईँको अभिमत