ग्यास विस्फोटमा घाइते सांसद भण्डारीको कृतिम अक्सिजन आजबाट हटाउने

ग्यास विस्फोटमा परी गम्भीर घाइते हुनुभएका प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार चलिरहेको छ।
उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालमा रहनुभएको गुल्मीका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभएको छ ।
कँडेलका अनुसार शनिबारबाट उहाँलाई नलीबाट खाना दिन सुरु गरिएको थियो । आइतबार बिहान चिकित्सकले डिहाड्रेसनका कारण पिसाब कम भएको र प्लेटलेट्स एक लाखमा तल झरेको जानकारी गराउनुभएको थियो ।
शरीरमा तलर पदार्य बढाइने र प्लेटलेट्स बिस्तारै आफैँ बढ्ने बताउनुभएको थियो । आइतबार राति चिकित्सकले पिसाबको मात्रा ठिक रहेको र अन्य पारामिटर समेत सामान्य रहेको जानकारी दिनुभएको छ ।
दिउँसो भण्डारीको छातीको फिजियो गरिएको थियो । सिसा बाहिरबाट हेर्दा उहाँले आखाँ खुल्ला रोखर हेरिरहेको पाइएको भण्डारीका आफन्त समेत रहनुभएका कँडेलले जानकारी दिनुभयो । अनुहारको डढेको छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको पनि कँडेलको भनाइ छ।
आइतबार रातिसम्म कृतिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको छ । आजबाट कृतिम अक्सिजन नदिई प्राकृतिकरूपमा श्वास–प्रश्वासको गराउने प्रयास गर्ने चिकित्सकले बताएका छन् ।
तपाईँको अभिमत