स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दै प्रदीप पौडेल

अबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बन्नुहुने भएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले पौडेललाई स्वास्थ्य मन्त्री बनाउने गरी नाम तय गरेको छ ।
नेपाली कांग्रेसभित्र शेखर कोइराला, गगन थापा समूहले ३ जना मन्त्री पाउने पक्का भएको छ । त्यसमा पौडेल स्वास्थ्य मन्त्री बन्न लाग्नुभएको हो ।
पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुनुहुन्छ । यसअसिघ गतसाल पनि कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा जाँदा स्वास्थ्य मन्त्रीमा पौडेलको चर्चा थियो । तर मोहनबहादुर बस्नेतले उक्त जिम्मेवारी पाउनुभएको थियो ।
नव नियुक्त मन्त्रीहरुको सपथ केही समयपछि शितल निवासमा हुँदैछ ।
राष्ट्रपति कार्यालय शितल निवासमा नव नियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथ केही वेरमा सुरु हुँदैछ ।
तपाईँको अभिमत