निको हुने भन्दा संक्रमित धेरै, ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ५६९ र एन्टिजेन परीक्षणबाट ९७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ९ हजार ७७१ नमुनाको पीसीआर परीक्षण र २ हजार २४९ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार २० गरिएको छ ।
६२२ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २६९ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १० हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार २१५ पुगेको छ ।
हालसम्म ७ लाख ८८ हजार ६३० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ।
तपाईँको अभिमत