भारतमा रेल दुर्घटना हुँदा २३३ को मृत्यु, ९०० बढी घाइते
अ +
अ -
भारतको ओडिसमा रेल दुर्घटना हुँदा २०० भन्दा बढीको मृत्यु भएको छ । ओडिसाको बालासोर जिल्लामा भारतीय समय शुक्रबार साँझ पौने ७ बजे रेल दुर्घटना भएको भारतीय मिडियाले जनाएका छन् ।
एनडीटिभीका अनुसार एक मालवाहक ट्रकमा ठक्कर खाएर रेल दुर्घटना भएको हो । अहिलेसम्म २३३ जनाको मृत्यु भएको पुष्टि भएको छ। ९०० भन्दा बढी यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने ओडिसाका अधिकारीहरुलाई उद्धृत गर्दै एनडीटीभीले खबर दिएको छ । रेल यशवन्तपुरबाट हावडा गइरहेको थियो।
ओडिसाका मुख्य सचिव पीके जेनाका अनुसार सबै घाइतेलाई नजिकका अस्पतालहरुमा भर्ना गरी उपचार भइरहेको छ । घटनास्थल क्षेत्रमा ६० भन्दा बढी एम्बुलेन्स, ३० डाक्टर, २०० बढी सुरक्षाकर्मीलाई खटाइएको छ ।
तपाईँको अभिमत