गीत गाउनेवित्तिकै ढलेका भारतीय गायकको मृत्यु
साँस्कृतिक कार्यक्रममा गीत गाएको केही क्षणमै एक भारतीय गायकको मृत्यु भएको छ । बलिउडका प्रसिद्ध गायक कृष्णकुमार कुन्नथको गएराति मृत्यु भएको भारतीय मिडियाले जानकारी दिएका छन् । ५३ वर्षीय कृष्णकुमार केके नामले प्रसिद्ध थिए ।
भारतीय अनलाइन पत्रिका अमर उजालाका अनुसार मंगलबार केकेले कोलकाताको नजरूल मञ्चको एक सांगीतिक कार्यक्रममा गीत गाएका थिए । प्रस्तुती दिँदादिँदै उनको हालत खराब भयो । त्यसपछि होटल फर्किएका थिए । होटल आएपछि उनी बेहोस भएर लडे । होटलबाट तुरुन्तै कलकत्ता मेडिकल रिसर्च इन्स्टिट्यूट (सीएमआरआई) लगियो । राति साँढे १० बजे अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरे ।
उनलाई हृदयघात भएको अनुमान चिकित्सकले गरेका छन् ।
केकेले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी र बंगालीलगायत धेरै भाषाहरूमा गीतहरू गायका छन् । केकेको निधनले बलिउड शोकमा डुबेको भारतीय मिडियाले जनाएका छन् ।
तपाईँको अभिमत