थप ११२ जनालाई कोरोना पुष्टि, ८४ संक्रमित काेराेनामुक्त

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४११ जनाको पीसीआर परीक्षण भएकोमा ११२ जनालाई संक्रमण पुष्टि भएको हाे।
सोही अवधिमा ८४ संक्रमित कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएकाे छ । आज सक्रिय संक्रमितको संख्या ८८२ रहेकाे छ ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ रहेको छ । जसमध्ये २ लाख ७० हजार २२३ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएयता २ हजार ७६७ जना संक्रमितको मृत्यु भएको छ ।
तपाईँको अभिमत