देशभर थप १६१४ जनालाई कोरोना पुष्टि

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६१४ लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ९ हजार ४३५ जना निको भएका छन् । २४ घण्टामा १ हजार ४३७ जनाले कोरोना जिते ।
यस्तै २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ४१२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।
तपाईँको अभिमत