शल्यचिकित्सक डा. शैल रुपाखेतीसहित ४ देशका राजदूतहरुले लिए शपथ
अ +
अ -
जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएका शल्यचिकित्सक डा. शैल रुपाखेती सहित ४ देशका राजदूतहरुले शपथ लिनुभएको छ ।
डा. रुपाखेती सहित अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुलाई शपथ खुवाउनुभएको हो ।
तपाईँको अभिमत