एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित, २०० बढीको रद्ध(नतिजा सहित)

चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएसतर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ ।
फागनु २४ गते लिइएको प्रवेश परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगले गएराति प्रकाशन गरेको हो ।
आयोगले यसपटक एमबीबीएसको लागि छुट्टै प्रवेश परीक्षा लिएको थियो ।
२०० पूर्णाकंमा यस पटक सबैभन्दा उच्च स्कोर ल्याउने विद्यार्थीले १७८.७५ नम्बर प्राप्त गरेका छन् । ५८.२५ सम्म नम्बर ल्याउने विद्यार्थीलाई उतीर्ण गराइएको छ ।
जम्मा उतीर्ण संख्या ६ हजार ६६९ रहेको छ ।
२१३ विद्यार्थीले उत्तर पुस्तिकामा रोल्न नम्बर र बबल विगारेको आयोगले जानकारी दिएको छ । गत वर्ष यस कुराले विवाद उत्पन्न भएको थियो । यसै कारण आयोगले यो वर्ष बबल बिर्गाने विद्यार्थीको रोल्ननम्बर नतिजामै उल्लेख गरिएको छ ।
२३ विद्यार्थीले प्रश्न सेट र उत्तर पुस्तिका दुवैमा बबल सेट बिगारेको आयोगले जानकारी दिएको छ ।
२ जनाको परीक्षाको मर्दाया विपरीत काम गरेको भन्दै हिरा राउत र आफफ शेख नाममा दुई विद्यार्थीको परीक्षा आयोगले रद्ध गरेको छ ।
नतिजामा चित्त नबुझेमा चैत्र ८ गतेदेखि १० गतेसम्म पुनर्याेगका लागि आवेदन दिन सक्ने पनि चिकित्सा शिक्षा आयोगले जानकारी दिएको छ ।
पूरा नतिजा यसमा हेर्नुहोस्
तपाईँको अभिमत