सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ ?

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
यसैगरी तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको अवस्था भएकाले जनजीवनमा असर पर्ने महाशाखाले जनाएको छ । महाशाखाले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
कुन प्रदेशमा के कस्तो हुन्छ मौसम ?
कोशी प्रदेशमा मौसम आंशिक बदली रहेपनि मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा राति हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी मधेश प्रदेशमा आंशिक बदली रही मुख्यतया मौसम सफा रहनेछ ।
वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा मुख्यतया मौसम सफा रहेपनि राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा आंशिक बदली भएपनि मुख्यतया मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने दिउँसो मुख्यतया मौसम सफा रहेपनि राति हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तपाईँको अभिमत