२७९० जनाकाे पीसीआर परीक्षण गर्दा ११४ जनालाई संक्रमण पुष्टि
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या अनुसार २ हजार ७९० जनाकाे पीसीआर परीक्षण गर्दा ११४ जनालाई संक्रमण पुष्टि भएको हाे । साेही अवधिमा ९४ जना कोरोनामुक्त भएका छन् भने एक संक्रमितको पनि मृत्यु भएको छैन ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ जसमध्ये २ लाख ७१ हजार ४९५ जना निको भएका छन् भने ३ हजार ११४ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ९१५ रहेका छन् ।
तपाईँको अभिमत