दशैंभर सबैतिर लागू हुनेगरी व्यवयासीले तोके मासुको मूल्य, के को कति ?

फाइल फोटो
दशैँका लागि सबै ठाउँमा मासुको मूल्यमा एकरुपता ल्याउन मासु व्यवसायीले नयाँ मूल्य तोकेका छन् । राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगा, बंगुर लगायतको मासुको मूल्य निर्धारण गरेको हो ।
चाडपर्वको मौकामा मन लाग्दी मूल्य लिने प्रवृत्ति रोकियोस् भनेर मूल्य निर्धारण गरिएको व्यवसायीहरुको भनाइ छ ।
सबै मासु पसललाई तोकिएको मूल्य सूची टाँस्न निर्देशन दिइएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।
के को मुल्य कति ?(प्रतिकिलो)
खसी तथा बोकाको मासु
आन्द्राभुडी राखिएको मासु प्रतिकिलो : १००० रुपैयाँ
बोसो राखिएको ः १२०० रुपैयाँ
ग्राहकको रोजाइअनुसारको : १३०० रुपैयाँ
कुखुराको मासु : ३०० रुपैयाँ
राँगा/भैसी र बंगुरको मासु : ५०० रुपैयाँ
तपाईँको अभिमत