अचार स्वादिलो बनाउने टिमुरले स्वास्थ्यलाई पनि फाइदै-फाइदा
अ +
अ -
स्वादका लागि हामीले अचारमा टिमुर हालेर खाने गर्छौैँ । स्वादका लागि मात्रै नभएर टिमुर स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक रहेको वरिष्ठ कविराज अमिन्द्र कुमार पण्डित बताउँछन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सोलुखुम्बुका प्रमुख पण्डितले हेल्थपाटीसँगको कुराकानीमा दिएको जानकारी अनुसार यसले जाडो समयमा शरीरलाई तातो बनाउन मद्दत गर्छ । विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिलाई पनि यसले लाभ गर्छ ।
दाँत दुखेको दाँत कीराले खाएको छ भने टिमुर खाँदा फाइदा गर्छ । पेटमा जुगा, चुर्ना छ भने टिमुर खाँदा फाइदा गर्छ ।
तरकारी अचारमा हालेर खाँदा स्वादिलो हुने त छँदैछ । टिमुर धेरै खानु पनि आवश्यक छैन । एक जना मान्छेले एक पटकमा २–३ दाना खायो भने ठिकै हुन्छ।
तपाईँको अभिमत