बीपी प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला,अस्पताल निर्देशकमा डा.जगतप्रसाद

अ +
अ -
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त हनुभएको छ।
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेनु भएका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिनुभएको हो ।
प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी विवादमा परेपछि उहाँले राजीनामा दिन परेको थियो। उहाँको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै रजिष्ट्रार पद रिक्त थियो ।
यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा.जगतप्रसाद नियुक्त हुनुभएको छ । प्रतिष्ठान सिनेट सदस्यमा डा.ज्ञानेन्द्र मल्ल र डा.स्मृति कार्की पनि मनोनित हुनुभएको छ ।
तपाईँको अभिमत