मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा गुरागाईँ र कोअर्डिनेटरमा चुडाल नियु्क्त
अ +
अ -
हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा भीम सागर गुरागाईं नियुक्त हुनुभएको छ।
उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शुक्रबार गुरागाईँलाई नियु्क्त गर्नुभएको हो।
शुक्रबार नै प्रतिष्ठानको कोअर्डिनेटर पदमा चिरन्जिवी चुडाल नियु्क्र हुनुभएको छ।
अस्पताल निर्देशकको सिफारिसमा उपकुलपतिले प्रतिष्ठान कोअर्डिनेट् नियु्क्त गर्नुभएको हो। डा.ज्ञवाली यही असोज १६ गते प्रतिष्ठानको उपकुलपतिमा नियु्क्त हुनुभएको थियो।
तपाईँको अभिमत