मलेसियाविरुद्ध खेल्दा घाइते भएका क्रिकेटर कमलसिंह ऐरीको शल्यक्रिया
नेपाली क्रिकेट टोलीका अलराउण्डर कमलसिंह ऐरीको सल्यक्रिया भएको छ । ऐरी त्रि–देशीय सिरिज अन्तर्गत शनिबार मलेसियाविरुद्धको खेलमा चोट लाग्दा बाँया कुमको हड्डी भाँचिएको थियो ।
आइतबार बिहान कलंकीस्थित नेपाल नेशनल अस्पतालमा ऐरीको शल्यक्रिया भएको नेपाल क्रिकेट संघ(क्यान)ले जानकारी दिएको छ ।
क्यानका अनुसार डाक्टर निरज केसी र डाक्टर निरन्जन सुवेदीको टोलीले ऐरीको शल्यक्रिया गरेको हो । उनलाई निको हुन ६ हप्ता लाग्ने चिकित्सकलाई उद्धत गर्दै क्यानले जानकारी दिएको छ । नेपाली क्रिकेट टोलीका फिजियोले ऐरीका बारेमा चिकित्सकसँग परामर्श गरेका छन। ऐरीलाई चिकित्सकको निगरानीमा राखिएको छ ।
१८औँ ओभरमा अदिल अन्सारीले मेसियाविरुद्ध फालेको बल बाउन्ड्रीलाई लाइनमा रोक्ने क्रममा डाइभहान्दा ऐरीको कुम बेस्सरी ठोक्किएको थियो । ऐरीले बललाई रोकेर चौका हुनबाट बचाएका थिए ।
तपाईँको अभिमत