कोरोनाबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

अ +
अ -
काठमाडौं । कोरोना संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यको निधन भएको छ । ७६ वर्षका शाक्यको उपचारका क्रममा आज बिहान ४ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।
शाक्यलाई कार्तिक २० गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मंसिर ९ गते मेडिसिटी अस्पतालमा ल्याई भेन्टिलेटरमा उपचार गरिएको थियो ।
खिलराज रेग्मी सरकारको पालामा शाक्य योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो ।
तपाईँको अभिमत