गायिका अल्का याग्नीको सुन्ने क्षमतामा ह्रस, चर्काे आवाजमा संगीत नसुन्न आग्रह

भारतीय गायिका अल्का याग्नीलाई दुर्लभ न्यूरो रोगको निदान भएको छ । यस रोगका कारण याग्नीले आफूले सुन्ने क्षमता गुमाएको जानकारी दिनुभएको छ ।
उहाँले सोमबार सामाजिक सञ्जाल इन्टामार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्टामा याग्नीले आफ्नो तस्विर पोष्ट गर्दै विमानबाट बाहिर निस्किएपछि आफूले सुन्न छाडेको बताउनुभएको छ ।
याग्निले लेख्नुभएको छ, “मेरा सम्पूर्ण फ्यान, साथीहरु, फलाअर्स र शुभचिन्तकहरु । जब म एक उडानबाट बाहिर निस्किएँ,मलाई अचानक महसुस भयो कि मैले केही सुन्न सकिरहेको छैन । केही साहस जुटाएर मैले मौन तोड्दैछु, कि मैले श्रवण शक्ति गुमाएको जानकारी दिदैँछु ।”
“भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी हियरिङ रोगको समस्यामा छुँ, मैले श्रवण शक्ति गुमाएँ, श्रवण क्षतिको निदान भएको थाहा पाएपछि म छांगाबाट खसैझै भएँ, स्वास्थ्य लाभका लागि मलाई तपाई सबैको प्रार्थनाको जरुरत छ । ”
उहाँले चर्काे आवाजमा हेडफोन लगाएर संगीन नसुन्न सबैलाई आग्रह गर्नुभएको छ ।
अल्का याग्निकको गीतहरु चर्चित छन्।
तपाईँको अभिमत