५६१९ परीक्षण गर्दा ८४८ लाई कोरोना, ५२६ निको
अ +
अ -
हिजोको भन्दा नयाँ संक्रमितको संख्या थोरै घटेको छ । पछिल्लो २४ घण्टामा ८४८ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३९९ र एन्टिजेन परीक्षणबाट ४४९ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा २७२२ पीसीआर र २८९७ एन्टिजेन गरी ५६१९ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
५२६ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको ज्यान गएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५२५९ रहेको मन्त्रालयले जानकारी दिएको छ।
तपाईँको अभिमत