रुसको एक केमिकल कारखानामा भयानक विस्फोट, १६ जनाको मृत्यु
अ +
अ -
रुसमा एक बारुद तथा केमिकल कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । रुसी समाचार संस्था तासलाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार रुसको पश्चिमी क्षेत्रमा रहेको रियाजन प्रान्तमा शुक्रबार दुर्घटना भएको हो ।
दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि भएको र ४ जना हराइरहेको त्यहाँका आपतकालीन मन्त्रीले भनेको तास एजेन्सीले जनाएको छ ।
प्राविधिक गडबडीलाई समयमै पहिचान गरी नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको स्रोतलाई उद्धृत गर्दै तासले जानकारी दिएको छ।
आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्बिरमा भत्किएको भवनका तथा संरचनाका सामग्रीहरु असरल्ल छरिएका छन् । त्यसैमाथि रहेर अग्नि नियन्त्रकहरु आगो निभाइरहेका देखिन्छन् ।
तपाईँको अभिमत