आजबाट नेपाल भित्रियो मनसुन, बिस्तारै अन्य भागमा फैलिने
अ +
अ -
वर्षा गराउने मनसुन वायु नेपाल भित्रिएको छ । नेपालको पूर्वी भागबाट यस वर्षको मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो महाशाखाले सार्वजनिक गरेको जानकारी अनुसार कोशी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्ला र त्यस भन्दा केही वरसम्म मनसुन आइपुगेको छ ।
प्राय गरी सरदर नेपालमा मनसुन जुन महिनाको १३ मा भित्रिने गर्छ । यस वर्ष ३ दिन पहिला नै मनसु्न भित्रिएको महाशाखाले जानकारी दिएको छ ।
अब बिस्तारै अन्य भागमा फैलिने महाशाखाले जनाएको छ ।
तपाईँको अभिमत