११२६ जना कोरोनामुक्त, १५ संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ४३९ जनालाई कोरोना पुष्टि भयो । याे सँगै नेपालमा काेराेना संक्रमितको संख्या ९४ हजार २५३ पुगेकाे छ ।
जसमध्ये ६८ हजार ६६८ जना निको भएका छन् । २४ घण्टामा १ हजार १२६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यस्तै थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १० हजार ५९६ र होम आइसोलेसनमा १४ हजार ४११ जना बसिरहेका छन् ।
तपाईँको अभिमत