नेपाल प्रहरी अस्पतालकी डाक्टर साढे ३ महिनादेखि गायब
नेपाल प्रहरी अस्पतालकी डाक्टर साढे ३ महिनादेखि सम्पर्कबिहीन भएकी छिन् । नेपाल प्रहरी अस्पताल, महाराजगन्जको सर्जिकल शाखामा दरबन्दी रहेकी डा.प्रिति मिश्र गत बैशाख १० गतेदेखि सम्पर्कबिहीन भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो समय डा.मिश्रमधेश प्रदेश प्रहरी अस्पताल, रुपनी, सप्तरीमा कार्यरत थिइन् ।
गत बैशाख १० गते कार्यालय १५ दिनको घरविदा लिएर गएकी उनी हालसम्म सम्पर्कमा आएकी छैनन् । स्थायी ठेगानामा खोज तलास गर्दा र सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएको गृह मन्त्रालयले जनाएको छ ।
हाजिर हुन नआउनुको कारणको सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन उर्दी जारी गरिएको छ । अन्यथा प्रहरी नियामावलीमा भएको प्रावधानअनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गृह मन्त्रालयले गरेको छ।
तपाईँको अभिमत