एमबीबीएस पढाउने दुर्गा प्रसाईँको सहित ४ शैक्षिक संस्था थपिए, २१५ सिट बढ्यो
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा नयाँ शैक्षिक शस्त्रका लागि सिट निर्धारण गरेको छ । एमबीबीएसका लागि २१४० सिट तोकिएको छ ।
गत वर्ष भन्दा यस पटक एमबीबीएसको मात्रै २१५ नयाँ सिट थपिएका छन् ।
गत वर्ष ६० सिट पाएको बुटवलको देव दह मेडिकल कलेजमा १५ सिट थपिएको छ । यस पटक ४ नयाँ शैक्षिक संस्थामा एमबीबीएस पढाइ सुर हुने भएको छ । जसमा विवादित मेडिक व्यवसायी दुर्गा प्रसाईँको झापास्थित बी एण्ड सी मेडिकल कलेज रहेको छ ।
अन्यमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यी चार वटै संस्थाका लागि ५०– ५० सिट तोकिएको छ । अर्थ मन्त्रालयको सहमति प्राप्त भए मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोकिएको एमीबीएसका विद्यार्थी भर्ना गर्न सकिने आयोगले उल्लेख गरेको छ ।
सरकारी शैक्षिक संस्थाले ७५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढाउनु पर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा छ।
कुन तोकिएको सिटमा करिब ५६० भन्दा बढीले एमबीबीएसमा छात्रवृत्ति पाउने देखिन्छ ।
सबै विषयमा गरी यो वर्ष ८ हजार ७० सिट छुट्याइएको छ । गत वर्ष ७ हजार ५०४ सिट तोकिएको थियो ।
MEECE-BL 2025 Seat
तपाईँको अभिमत