मदिरा पिउँदा हुन्छ डिहाइड्रेसन, तर यसकारण लाग्छ बारम्बार पिसाब
मदिरा पिउने व्यक्तिलाई थाहा हुन सक्छ कि मदिरा पिएपछि बारम्बार पिसाब लाग्छ । तपाईंले पनि यसको महसुस गर्नुभएको हुन सक्छ ।
आखिर मदिरा पिएपछि किन बारम्बार पिसाब लाग्छ त ? विज्ञहरूका अनुसार मदिरा पिएपछि यसले शरीरमा पिसाबको 'फ्लो' बढाइदिन्छ । यसैगरी यसो हुनुमा अन्य विभिन्न कारणहरू छन् ।
पहिलो कारण हो मिर्गौलाको नियन्त्रण । मिर्गौलाले हाम्रो शरीरको पानीलाई नियन्त्रण गर्छ । यो काम रगतमा रहेका प्लाज्मा ओस्मोलिटीमा निगरानी गरेर गर्छ । ओस्मोलिटीले रगतमा रहेको कणहरू र तरल पदार्थको अनुपात जानकारी गराउँछ । यदि रगतमा कणभन्दा तरल पदार्थको मात्रा बढी भए मिर्गौलाले पिसाब निष्काशनको संकेत गर्छ । साथै कणहरूभन्दा तरल पदार्थ कम भएको संकेत गरेमा पिसाब फेर्नुपर्ने आवश्यकता मिर्गौलाले संकेत गर्दैन ।
यसरी मदिरा एक किसिमको तरल पदार्थ हो । तरल पदार्थको मात्रा बढी भएपछि स्वभावैले पिसाब बढी लाग्ने गर्छ ।
मदिराका कारण बढी पिसाब उत्पादन हुने गर्छ । यो अर्को कारण हो । मदिरा सेवनबाट शरीरमा वेसोप्रेसिन नामक हर्मोन बन्न रोक हुन्छ । अर्थात् मदिराले सो हर्मोन बन्न दिँदैन । यो हर्मोनलाई एन्टी ड्यूरेटिक हर्मोन (एडीएच) पनि भन्ने गरिन्छ । यसले मिर्गौलालाई पिसाब रोक्न संकेत गर्छ ।
तर मदिराले एडीएचलाई दबाबमा राखेर मिर्गौलाई बढी पिसाब निष्काशनको संकेत गरिरहेको हुन्छ । यसैकारण मदिरा बारम्बार पिउने व्यक्तिमा डिहाइड्रेसन हुने र पिसाब बढी जाने जसका कारण टाउको दुख्ने लगायतका समस्या हुन्छ ।
(आजतकबाट)
तपाईँको अभिमत