एम्बुलेन्स चालकमाथि निर्घात् कुटपिट
गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । इस्मा गाउँपालिका–४ दोहली स्वास्थ्य चौकीका एम्बुलेन्स चालक ३८ वर्षीय दानबहादुर पाण्डेयमाथि निर्घात कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार इस्मा गाउँपालिका–४ कै स्थानीय दानबहादुरलाई लिलाबहादुर अछामीले कुटपि गरेका हुन्
गम्भीर घाइते हुने गरि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कुटपिटबाट एम्बुलेन्स चालक पाण्डेयको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ , गम्भीर घाइते भएको उनलाई उपचारका लागि पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षकपाण्डेका अनुसार घटनापछि कुटपिटमा संलग्न अछामी फरार छन् । उनको खोजी भइरहेको छ ।
दुवैजनाले मादक पदार्थ सेवन गरेका कारण झगडा हुँदा उनीमाथि कुटपिट भएको पाइएको प्रहरीको भनाइ छ ।
तपाईँको अभिमत