आगलागीको घटनापछि लकडाउनविरुद्ध चीनमा विद्रोह

कोभिड–१९ रोकथामका लागि भन्दै चीनका विभिन्न भागमा अहिले पनि प्रतिबन्ध जारी छ । यस्ता प्रतिबन्धको विराधमा चिनियाँ नागरिकहरू सडकमा उत्रिएका छन्।
चीनको राजधानी बेइजिङ र मुख्य व्यापारिक शहर सांघाइसहि केही शहरमा प्रदर्शन भइरहेको रोयटर्सले जानकारी दिएको छ ।
रोयटर्सका अनुसार आइतबार राति संघाइमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ । राष्ट्रपति सी जिनपिङको कोभिड–१९ शून्य नीतिअनुसार लगाइएको प्रतिबन्धले दैनिक जीवनयापनमा असर परेपछि प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीले बताएका छन् ।
सरकारको कोभिड–१९ नीति गलत रहेको प्रदर्शनकारीको भनाइ छ । कोभिड–१९ कै नाममा आफूहरुको स्वतन्त्र हिडँडुल गर्न पाउने अधिकार हनन् गर्नु सरकारको गलत काम भएको प्रदर्शनकारीको भनाइ छ ।
‘म मेरो देशलाई माया गर्छु तर म सरकारलाई माया गर्दिन’ सांघाइमा प्रदर्शनमा आएका एक व्यक्ति भन्छन्, ‘म बाहिर स्वतन्त्र रुपमा हिँड्न चाहन्छु । सरकारको कोभिड–१९ नीति तर्कसंगत र वैज्ञानिक छैन।’
कोभिड–१९ उत्पती भएको वुहान र चेङ्दु सहरहरूमा पनि आइतबार प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।
सोमबार बिहान नै बेइजिङको लिआङ्मा नदी छेडको रिङ रोडमा दुई समूहमा गरी १००० जना प्रदर्शनकारी जम्मा भएका थिए । उनीहरुले
'मास्क चाहँदैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ हामी कोभिड-१९ परीक्षणहरू चाहँदैनौं, हामी स्वतन्त्रता चाहन्छौं' प्रदर्शनमा सहभागीहरूले यस्ता नारा लगाउने गरेका छन्।
छिन्जियाङको उरुम्की शहरमा रहेको एक अपार्टमेन्टमा बिहीबार आगलागी भएको थियो । उक्त आगलागीमा परी १० जनाको ज्यान गयो ।आगलागीबाट १० जनाको ज्यान जानुको कारण कोभिड–१९ प्रतिबन्ध रहेको स्थानीयले बताएका छन् ।
कोभिड–१९ रोकथामका लागि लगाइएको प्रतिबन्धकै कारण समयमा आगलागी नियन्त्रण र उद्धार हुन नसकेको उक्त शहरका नागरिकको आरोप छ ।
आगलागीको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । यसपछि लकडाउनको विरोध सुरु भएको हो । आगलागीको घटनासँग जोडेर उरुम्की शहरका नागरिकहरु प्रदर्शनमा उत्रिए । यसपछि चीनका मुख्य शहरमा प्रदर्शन सुर हुन थालेको रोयटर्सले जनाएको छ।
तपाईँको अभिमत