थप १६ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १५६७पुग्यो

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५६७ पुगेको छ ।
आज देशभर १ हजार २७२ कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३१ जनाकाे पीसीआर परीक्षण हुँदा १ हजार २७२ लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २१ हजार ८४७ जना निको भएका छन् । २४ घण्टामा १५७५ संक्रमित काेराेनामुक्त भएका छन् । यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।
तपाईँको अभिमत