स्वास्थ्य मन्त्रालयको सचिवमा मधुसुदन बुर्लाकोटी

अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाउनुभएको छ । यसअघिकी सचिव देवकुमारी गुरागाईँले अवकास पाएपछि उक्त स्थान रिक्त रहेको थियो।
उपराष्ट्रपति कार्यालयमा रहनुभएका बुर्लाकोटीलाई गत विहीबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको हो ।
स्वास्थ्य मन्त्रालयमा सरुवाको चिठी बुझिसक्नुभएका उहाँले आगामी बुधबारबाट जिम्मेवारी सम्हाल्ने जानकारी स्वास्थ्य मन्त्रीलाई दिनुभएको छ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य तर्फको सचिवमा डा.रोशन पोखरेल हुनुहुन्छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत उहाँबाहेक पनि अन्य ४ जना अतिरिक्त सचिव रहनुभएको छ ।
तपाईँको अभिमत