तीन हजार भाईल रेम्डिसिभिर आज नेपाल भित्रिदै
काठमाडौ । कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको तीन हजार भाईल आज नेपाल आइपुग्दै छ ।
बंगलादेशबाट ल्याउन लागिएको रेम्डिसिभिर आजैदेखि बजारमा पठाइने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिनुभयो ।
उक्त औषधि ब्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको हाम्रो मेडिसिन डिस्ट्रिव्युटर्सले आपुर्ति गरेको हो । औषधि बिरामीले ४ हजार ९ सय रुपैयाँमा प्राप्त गर्न सक्छन्् । तर यसअघि बजारमा महँगो मूल्यमा बेच्न गरेको पाइएको थियो ।
भोलि पनि बंगलादेशकै इन्सेप्टा कम्पनिको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने केसीले जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइलभन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुपति प्रदान गरेको छ ।
उक्त औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताउनुभयो । बजारमा उक्त औषधीको अभाव छ ।
तपाईँको अभिमत