आज तीन प्रदेशसहित यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

अ +
अ -
आज दिउँसो तीन प्रदेशसहित मुलुकको पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लम्बिनी सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
वर्षा हल्कादेखि मध्यम हुने जनाइएको छ ।
यसैगरी आज दिउँसो देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति पनि देशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
तपाईँको अभिमत