काठमाडौं उपत्यकामा असिना पानी

अ +
अ -
काठमाडौं उपत्यकामा असिना पानी परेको छ । आइतबार दिउँसो उपत्यकाका केही स्थानमा असिनासहित पानी परेको हो ।
अहिले पनि हल्का असिना पानी परिरहेको छ ।
बङ्गालको खाडीको वायु तथा स्थानीय वायु प्रभावका कारण नेपालमा मौसम बलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले दिउँसो वागमती, कोशी तथा मधेश प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुनसक्ने बताएको थियो ।
तपाईँको अभिमत