चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाका लागि आवेदन खुल्ला, १२ पास नभएकाले पनि पाउने

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन फारम खुलाइएको छ । चिकित्सा शिक्षा आयोगले आज सूचना जारी गरी अनलाइन आवेदन माग गरेको हो ।
जेठ ३० गते बिहान १० बजेदेखि असार १८ गते अपरान्ह ५ बजेसम्म आवेदन दिन सकिने आयोगले जानकारी दिएको छ ।
यस पटक आयोगले गत महिना कक्षा १२ को नतिजा प्रकाशन नभइकन प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको हो । गत बैशाखमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले पनि आवेदन दिन सकिने आयोगले जानकारी दिएको छ । १२ कक्षामा बायोलोजीसहित विज्ञान विषय लिएर पढेका विद्यार्थीले परीक्षाको प्रवेश पत्र देखाएर आवेदन दिन सक्ने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार यस्ता विद्यार्थीले आवेदन दिएर प्रवेश परीक्षा दिन पनि पाउने छन् । तर कक्षा १२ को नतिजा आएपछि र तोकिएअनुसार ग्रेड तथा अंक प्राप्त गरेका विद्यार्थीलाई मात्रै उतीर्ण गराई चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि योग्ताक्रममा समावेश गरिने छ ।
तपाईँको अभिमत