पुरुषको तुलनामा महिलाको दिमाग बढी तातो, यस्तो छ कारण

पुरुषको तुलनामा महिलाको दिमागको तापक्रम बढी हुने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार महिलाको दिमागको तापक्रम करिब आधा डिग्री बढी हुन्छ ।
दैनिक भास्करमा प्रकाशित समाचारअनुसार दिउँसो महिलाको दिमागको तापक्रम ४०.९ डिग्री सेल्सियससम्म पुग्छ ।
क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले यसको अध्ययन गरेका हुन् ।
तापक्रम बढी हुनुका यस्ता छन् कारण
महिलामा हुने महिनावारीका कारण दिमाग बढी तातो हुने अध्ययनले देखाएको छ । एक अध्ययनकर्ताका अनुसार कुनै बेला दिमागको तापक्रम असाध्यै बढी बढ्ने देखिएको छ । शरीरको तापक्रमसमेत सोही अनुपातमा बढे ज्वरो आउने अध्ययनकर्ताको भनाइ छ । अचानक दिमागको तापक्रम बढ्ने कार्य ‘हेड इन्जुरी’ भएका व्यक्तिमा हुने गरेको अध्ययनले देखाएको छ ।
यसैगरी उमेरसँगै दिमागको तापक्रम बढ्ने हुन्छ । अध्ययनअनुसार उमेरसँगै मस्तिष्कलाई ‘कुल–डाउन’ गर्ने क्षमतामा समेत ह्रास आउँछ ।
तपाईँको अभिमत