अस्पताल लैजाँदै गर्दा डेंगी संक्रमित महिलाको मृत्यु
अ +
अ -
गोरखामा डेंगी संक्रमित महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ कुलगाउँकी ४८ वर्षीया निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार महिलामा असोज १० गते एपोलो अस्पताल परीक्षणका क्रममा डेंगी संक्रमण देखिएको थियो ।उक्त अस्पतालमै उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लाथि चितवन लगिँदै थियो । शुक्रबार चितवन लैजानेक्रममा बाटोमै मृत्यु भएको स्वास्थय कायालयले जनाएको छ ।
गोरखामा डेंगुले अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ४२२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
तपाईँको अभिमत