परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. सरोजा कार्की पाण्डे

अ +
अ -
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा डा. सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार उहाँलाई अस्पतालको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
डा. पाण्डे वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ हुनुहुन्छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा डा. पाण्डेले १५ वर्ष सेवा गरेको अनुभव सङ्गाल्नुभएको छ । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञ एमडी गर्नुभएको हो। यसअघि भरतपुर अस्पतालमा रजिष्ट्रार भएर पनि उहाँले कार्य गर्नुभएको थियो ।
त्यस्तै प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका निर्वाहसमेत उहाँले गर्नुभएको थियो ।
तपाईँको अभिमत