युवा अवस्थामै दाँत झर्ने समस्या बढ्दै, बेवास्ता नगरौँ गिजालाई (भिडियो)
दन्त चिकित्सकहरुका अनुसार दाँत झर्ने समय यही नै हो भन्ने ठ्याक्कै उमेर हुँदैन । हाम्रो समाजमा बिस्तारै उमेर बढ्दै गएपछि दाँत झर्दै जानुलाई सामान्य हो भन्ने बुझाइ छ तर यो बुझाइ गलत रहेको दन्त चिकित्सकहरु बताउनुहुन्छ ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलकी गिजारोग विशेषज्ञ डा.कामना न्यौपाने गिजाको समस्याका कारण युवा अवस्थामै दाँत झर्ने समस्या बढिरहेको बताउनुहुन्छ । गिजाको समस्या विकासित भएर युवावस्थामै सबै दाँत झरेर उपचारमा आउनेहरुको संख्या धेरै रहको उहाँले जानकारी दिनुभयो।
दाँतको समस्या लिएर अस्पताल आउने धेरै युवाहरुमा गिजाको समस्या देखिन्छ । गिजामा लामो समयसम्म फोहोर जम्मा हुँदा संक्रमण भई हड्डीसम्म पुग्दा दाँत झर्ने गर्छ । कतिपय युवाहरु सबै दाँत झरेर इम्प्लान्ट राख्नपर्ने अवस्थामा अस्पताल आइपुग्नुहुन्छ, न्यौपाने भन्नुहुन्छ मुख स्वास्थयलाई प्राथमिकतामा नराख्दा अवस्था जटिल भएपछि मात्रै दन्त चिकित्सकमा बिरामी पुग्ने गरेको पाइन्छ ।
गिजाको समस्यालाई मेडिकल भाषामा पिरोडोन्टाइटिस भनिन्छ । पिरोडोन्टाइटिसलाई ४ /५ वर्ष अगाडिसम्म २ प्रकारको समस्या अन्तर्गत वर्गिकरण गरिएको थियो । त्यतिबेला एउटा ३० वर्षभन्दा माथि र व्३० वर्षमुनिका व्यक्तिलाई देखिने समस्या भनेर वर्गिकरण गरिएको थिया । तर अहिले दुवै उमेर समुहमा देखिने पिरोडोन्टाइटिस समस्यालाई एउटैमा वर्गिकरण गरिएको न्यौपाने बताउनुहुन्छ ।
उहाँले युवावस्थामा देखिने गिजाको समस्यालाई आक्रामक समस्याको रुपमा राखिएको बताउनुभयो । युवाहरुमा गिजामा धेरै समस्या देखिएको हुन्छ । गिजामा देखिएको समस्यालाई वेवास्ता गरे त्यसले शरीरका अन्य भागहरुमा जोखिम बढाउन सक्छ ।
डा. न्यौपानेका अनुसार गिजाको समस्या हुनेहरुमा मधुमेह, मुटु, अल्जाइमर्स लगायतका रोगको जोखिम निम्तन सक्छ । साथै गर्भवतीमा गिजाको समस्या देखिए समयअगावै शिशु जन्मने सम्भावना पनि रहन्छ ।
गिजाको समस्या विकसित हुँदै दाँत झर्ने समस्या निम्तिन्छ । गिजामा फोहोर अड्किन्छ र ब्याक्टेरिया विकास हुँदै हड्डीसम्म पुग्छ अनि दाँत झर्छ । चुरोट खानेहरुमा नखानेको तुलनामा गिजाँको समस्या ४ गुणाले बढी हुन्छ ।
सुरुवाती अवस्थामा गिजाको समस्या देखिँदा लक्षणहरु
गिजा रातो हुने, सुन्निने, ब्रस गर्दा रगत आउने हुन्छ । यही अवस्थामा डाक्टरकोमा पुगेमा सफा गरेर उपचार । संक्रमण गिजाबाट हड्डीसम्म पुगेको अवस्थामा भने गार्हो हुन्छ । नरम ब्रस प्रयोग गर्नपर्छ । प्लोराइडयुक्त दन्तमञ्जन प्रयोग गर्नपर्छ । पाउडर दन्तमञ्जनले दाँत खिइन्छ । ब्रस ३ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
गिजालाई सुरक्षा कसरी गर्ने ?
दाँत र गिजा जिब्रोलाई सफा राख्नुपर्छ। खाना खाइसकेपछि दिनमा २ पटक ब्रस गर्नुपर्छ । ब्रस गरेरमात्रै होइन डेन्टल प्लस पनि गर्नपर्छ । चुरोट ,मद्यपानलाई त्याग्नपर्छ ।
तपाईँको अभिमत