माघ पहिलो साताबाट चिकित्सक, स्वास्थ्यकर्मीलाई तेस्रो डोज खोप

फाइः फोटो ।
सरकारले माघको पहिलो हप्ताबाट कोभिड–१९ विरुद्ध खोपको तेस्रो मात्रा दिने भएको छ । माघ पहिलो हप्ताबाट अग्रपंतीमा खटिने चिकित्सक स्वास्थ्यकर्मीलाई तेस्रो डोप खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सतिव रोसन पोखरेलले जानकारी दिनुभएको छ।
सचिव पोखरेलका अनुसार माघको पहिलो हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले अतिरिक्त डोज खोप लगायन पाउने भएका छन् ।
माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई अतिरिक्त तेस्रो डोज खोप दिइने छ ।
कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो ।
पछिल्ला दिनमा नेपालमा संक्रमण ह्वात्तै बढेको र तेस्रो लहरको जोखिमलाई ध्यानमा दिँदै खोप दिन लागिएको सचिव पोखरेलले बताउनु भयो ।
अतिरिक्त डोज खोप लगाउन दुवै डोज खोप लगाएको तीन महिना पुगेको हुनुपर्छ । यसअघि पुस २० गतेबाट तेस्रो डोज खोप दिने भनिए पनि स्थगित गरिएको थियो ।
तपाईँको अभिमत