नेपालमा कोरोना निको हुनेको संख्या १ लाख नाघ्यो
८१२ संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो सँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । जसमध्ये १ लाख २ हजार ८२० जना निको भएका छन् । यस्तै आज थपिएका संक्रमितमध्ये १ हजार ५५२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित थपिए ।
यसैबीच २४ घण्टामा ३ हजार २१५ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।
तपाईँको अभिमत