ओम्नीले २ वर्षअघि चीनबाट स्वास्थ्य सामग्री ल्याएको भाडा निगमलाई अझै तिरेन
विदास्पद ओम्नी कम्पनीले नेपालमा कोरोना महामारी सुरु हुनेबेला चीनबाट स्वास्थ्य सामग्री ल्याएको भाडा नेपाल वायुसेवा निगमलाई नतिरेको पाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले शुक्रबार प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यो कुरा खुलासा गर्नुभएको हो।
मन्त्री आलेका अनुसार नेवानिको विमानले चीनबाट औषधि ल्याइदिए बापतको १ करोड ७४ लाख रुपैँया भन्दा बढी भाडा ओम्नीले २१ महिना बितिसक्दा पनि तिरेको छैन ।
नियमअनुसार निजी कम्पनीलाई यसरी उधारोमा चार्टर विमान पठाउन मिल्दैन । सरकार आफैँले ल्याउँदा उधारोमा चार्टर फ्लाइट पठाउन सकिने भए पनि निजी कम्पनीहरुले विमान चार्टरमा लैजादा कम्तिमा २ दिनअघि नेवानीको खातामा पैसा जम्मा गर्नुपर्ने हुन्छ ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको दवावमा निगमले उधारो चार्टर विमान पठाएको मन्त्री आलेले जानकारी दिनुभयो । भाडा खातामा जम्मा नभएसम्म विमान पठाउन नमिल्ने भनी नेवानिका कर्मचारीले भन्दा तत्कालीन मन्त्री भट्टराईले म जिम्मेवारी भएँ जसरी पनि पठाउनु भनेर पत्र पठाएपछि नेवानिले विमान ओम्नीले खरिद गरेको स्वास्थ्य सामग्री लिन विमान चीन पठाइएको थियो।
त्यतिबेला औषधि खरिदका लागि मिलेमतोमा ओम्नीलाई ठेक्का दिएको भन्दै विवाद भएपछि ठेक्का नै रद्द गरिएको थियो ।
तपाईँको अभिमत