२४ घण्टामा २७ नयाँ संक्रमित, ४ जना आइसीयूमा

फाइल फोटोर
अ +
अ -
हिजो ४३ जना मा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा २७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट २३ र एन्टिजेनबाट ४ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा १,८०२नमुनाको कोरोना परीक्षण भएको छ । यसमा पीसीआर ९३७ र एन्टिजेन ८६५ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
१६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु शून्य छ । सक्रिय संक्रमितको संख्या १८० पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १८० सक्रिय संक्रमित मध्ये ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये ४ जना संक्रमित बिरामीको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
तपाईँको अभिमत