स्वास्थ्य मन्त्रालयको त्रुटी : एउटै मितिमा कोरोना अपडेट तथ्यांक फरक - फरक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त्रुटीले कोरोना अपडेटको तथ्यांक गलत प्रकाशित भयो । मन्त्रालयले सुरुमा प्रत्येक दिन कोरोना अपडेट प्रत्यक्ष प्रसारण पनि गथ्र्याे तर केही महिनायता सातामा आइतबार र बुधबार मात्रै टेलिभिजन मार्फत कोरोना अपडेट प्रसारण गर्दै आएको छ ।
आज आइतबार, मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम प्रत्यक्ष प्रसारणमा आउनुअघि नै वेवसाइटमा तथ्यांक प्रकाशित भयो र सोही अनुसार सञ्चारमाध्यमबाट समाचार प्रकाशित भयाे तर सो तथ्यांक एकै छिनमा परिवर्तन भयो ।
आज फेबु्रअरी २८ अर्थात् फागुन १६ गते । आज,सुरुमा ८१ जना नयाँ संक्रमित, ४८ जना कोरोना मुक्त र मृत्यु २ जनाको भएको अपडेट प्रकाशित भएको थियो तर पछि सोही मितिमा नै नयाँ संक्रमित ७८, निको भएको ८२ र मृत्यु भएको १ रहेको तथ्यांक सार्वजनिक भयो ।
यसो त मन्त्रालयले तथ्यांकमा पटक - पटक गल्ति गर्दै आएको छ । कोरोना अपडेटको समय पनि एकनासको छैन । अपडेटकाे समय भने आकस्मिक बाहेक दिउँसाे ४:१५ बजे । तर कहिले ३ नबज्दै वेवसाइटमा तथ्यांक प्रकाशित भइसकेको हुन्छ भने कहिले साढे ४ बज्दासमेत तथ्यांक अपडेट भएको हुँदैन । सूचना दिने सवालमा मन्त्रालय पटक - पटक चुक्दै आएकाे छ ।
हेरौ, मन्त्रालयको वेवसाइटमा एकै मितिमा प्रकाशन भएको फरक फरक तथ्यांक ।


तपाईँको अभिमत